२८ कार्तिक। यो साता ओरालो लागेको सुनको भाउ आज मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज भने ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । उसो त छापावाल सुन आइतबार ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो ६९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनमा पनि ७ सय रुपैयाँले बढेको हो ।
साताका दुई दिन सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर थियो । आज भने सुनचाँदी दुवैको भाउ बढेको छ । आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबारदेखि यो साताको सोमबार सम्म ८ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी आज भने १५ रुपैयाँले बढ्दै ८ सय ६० रुपैयाँ कायम भएको छ ।