कृषि विकास बैंकको आकर्षक लाभांश घोषणा

कृषि विकास बैंक लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ ।

बैंकको पाैष १ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।