महालक्ष्मी विकास बैंकको आकर्षक लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक MLBL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर १२ गते आईतबार बसेको सभाले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको २०% बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १.०५% नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभौश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ रहेको छ। २० प्रतिशतका दरले ६६ करोड ८४ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड ८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।