लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार पाँचौ जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० ले हराउँदै लिभरपुलले जितलाई कायम राखेको हो ।
लिभरपुललाई जित दिलाउन थियागो अलाकान्टरा र मोहमद सलाहले एक एक गोल गरे ।
एनफिल्डमा लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
यस्तै स्पेनिस क्लब रियल मड्रिड पनि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति एफसी सेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।
माल्डोभामा भएको खेलमा रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले एक एक गोल गरे ।