प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरको छ ।
बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे ।
पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए ।
पहिलो हाफमा दुबै टिमले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोल रहिर बराबरी थियो तर दोश्रो हाफमा आक्रामक फुटबल खेल्दै पीएसजीका एम्बाप्पेले खेलको ५० औं मिनेटमा गोल गर्दै पीएसजीलाई १-० ले अगाडी बढाएका थिए।
तर, खेलको ६३ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७६ औं मिनेटमा सिल्भाको पासमा जिससले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलबाट १२ अंक जोडेको छ भने पीएसजी ८ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
जित पछि सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।