नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.५० प्रतिशत बोनस शेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।