भिल्लारियल लाई पराजित गर्दै युनाईटेड अन्तिम १६ मा

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भिल्लारियल लाई २-० ले पराजित गर्दै युनाईटेड अन्तिम १६ मा पुगेको हो ।

भिल्लारियलको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरे ।

पहिलो हाफमा आक्रमक खेल प्रदर्शन गरेपनि भिल्लरियल ले गोल गर्न सकेन। युनाइटेडका लागि युनाइटेडका किपर उत्कृष्ट बचाउ गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

जितसँगै समूह एफको युनाईटेडले ५ खेलमा १० अंक जोडेको छ ।