युभेन्ट्समाथि चेल्सीको सानदार जित

aa

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्समाथि सानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले एक एक गोल गरे ।

खेलको २५ औं मिनेटमा चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा जेम्सले गोल गर्दा चेल्सीको अग्रता दोब्बर बनाएका थिए।

खेलको ५८ औं मिनेटमा हडसन ओडाईले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा वेर्नरले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए।

यस जितसँगै चेल्सीले ५ खेलमा १२ अंक जोड्यो। यता चेल्सीसंग हारेपनि समान १२ अंक जोडेको युभेन्टस र चेल्सी अन्तिम १६ मा स्थान बनाइसकेका छन ।