फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढेर १०१ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।