काठमाडौं । प्रभु बैंकले १२.६३% लाभाांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२% बोनस सेयर र कर प्रयोजनका लागि ०.६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
त्यस्तै मेगा बैंक लिमिटेडले पनि बोनस सेयर घोषणा गरेको छ । बैंकको मंगलबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १२.०७% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले नगद लाभांश सम्बन्धी निर्णय नगरेका कारण बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले व्यवस्था गर्नुपर्ने देखिएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।