प्राइम कमर्सियल बैंकको लाभांश प्रस्ताव, बोनश शेयर कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १६% बोनस र ०.६३१३% नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ कार्तिक २२ गते सोमवारका दिन अपरान्ह ४ बजे बसेको संचालक समितिको ४३३औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६% अर्थात रु.२ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३% अर्थात रु.१० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो।

लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउने छन्।