ला लिगाः रियल म्याड्रिड बिजयी, बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले रियो भालेकानोलाई हराएको छ । शनिबार राति रियल मड्रिडले रियो भालेकानोलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलको जितमा टोली क्रुस र करिम बेन्जिमाले एक एक गोल गरे । रियो भालेकानोका लागि राडामेल फाल्काओले एक गोल फर्काएका थिए ।

जितसंगै शीर्ष स्थानको रियलको २७ अंक छ । भालेकानो २० अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको छ ।

अंशु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डेपेले गोल गर्दै बार्सिलोनलाई ३–० ले अघि बढाएका थिए । तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सेल्टा भिगोले खेल बराबरीमा ल्यायो ।

बराबरी पश्चात शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १० अंकले पछि छ ।