म्यान्चेष्टर डर्बीमा सिटीले युनाइटेडलाई हरायो

काठमाडौं । इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ। वल्ड ट्राफोर्डमा भएको खेलमा सिटीले युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको साताै‌ मिनेटमा इरिक बेलीको आत्मघाती गोलसँगै सिटीले अग्रता बनायो। सिटीका डिफेन्डर जोआओ कन्सेलोको लो क्रशलाई क्लियर गर्ने क्रममा बेलीले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको ४५ औं मिनेटमा जोआओ कन्सेलोकै पासमा गोल गर्दै बर्नान्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा म्यानचेस्टर डर्वीमा सिटी बिजयी भयो।

जितसँगै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ११ मध्ये सात खेलमा जित तथा दुई खेलमा बराबरीसंगै २३ अंक जोडेको छ ।

युनाईटेडले घरेलु मैदानमा लगातार दोस्रो पराजय भोगेको छ । युनाईटेडले ११ मध्य पाँच खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै १७ अंक सहित पाँचौ स्थानमा रहेको छ ।