एन्टोनियो कोन्टे टोटेनहमको नयाँ प्रशिक्षक नियुक्त

एजेन्सी । टोटेनहमले नयाँ प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेलाई अनुबन्धन गर्ने पक्का गरेको छ ।

टोटेनहमले लण्डन क्लब चेल्सीका पूर्व प्रशिक्षकलाई क्लबमा अनुबन्धन गर्ने पक्का गरेको हो । नुनो सान्टेलाई बर्खास्त गरेको टोटेनहमले कोन्टेसँग छलफल अघि बढाएको थियो ।

मंगलबार कोन्टेसँग औपचारिक रुपमा बसेर संवाद गरेको टोटेनहमले नयाँ प्रशिक्षकमा कोन्टेलाई पक्का गरेको हो । कोन्टेको नेतृत्वमा चेल्सीले प्रिमियर लिगको उपाधि जितेको थियो । कोन्टेले गत सिजनमात्र इन्टर मिलानबाट सिरि ए को उपाधि जितेका थिए ।