नबिल बैंकको बम्पर लाभाशं घोषणा

काठमाडौं । बाणिज्य बैंकहरुकै अब्बल बैंक मानिएको नबिल बैंकले घोषणा गरेको छ ।

नबिल बैंकले ३८% लाभांश दिने घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३.६% बोनस सेयर र करसहित ४.४% नगद लाभांश गरी कुल ३८% लाभांश दिने प्रस्ताव गरेको हो ।

यस प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र लगानीकर्ताले पाउनेछन् ।