अपर तामाकोशीको स्थानिय शेयर फुकुवा, दोश्रो बजारमा कारोबार गर्न मिल्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत (UPPER) को स्थानीयवासीलाई बाँडफाँड गरिएको शेयरको आज लकिङ अवधि सकिएको छ । लकिङ अवधि सकिएसँगै आज (२०७८ कार्तिक १५) देखि दोस्रो बजारमा सेयर कारोबार हुन थालेको छ ।

आईपीओ निष्कासन गर्ने कम्पनीको स्थानीयलाई बाँडफाँड गरिएको शेयर ३ वर्षसम्म लकिङ अवधिसम्म फ्रिज राखिने प्रावधान छ।

अपर तामाकोशीले १० प्रतिशत साधारण शेयर स्थानीयलाई बाँडिएको थियो । यसरी २०७५ कात्तिक १४ गते स्थानीयवासीलाई १,०५,९०,००० शेयर बाँडफाँट गरिएको थियो। अब सेयर बन्दाबन्दीबाट मुक्त भई आजबाट कारोबार गर्न सकिनेछ ।

UPPER को कुल सूचीबद्ध शेयर १०,५९,००,००० इकाई छ, जसमा, ४९% शेयर अर्थात्। दोस्रो बजारमा अहिले ५,१८,९१,००० कित्ता कारोबारयोग्य छन् । बाँकी ५१ प्रतिशत प्रवर्द्धकको शेयर प्राधिकरणको छ ।