मुक्तिनाथ विकास बैंकको लाभांश घाेषणा, बोनश शेयर कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १२ गते शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १७.५७ प्रतिशत बोनस पछि ५ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्ने छ।