म्यान्चेष्टर युनाईटेडद्वारा टोटेन्ह्याम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३-० गोल अन्तरले हराएको छ ।

युनाईटेडको जितमा रोनाल्डो, काभानी र राषफोर्डले १/१ गोल गरे ।

खेलको ३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।

जितसँगै युनाईटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

युनाईटेडले १० खेलमा १७ अंक जोडेको छ । टोटेनहम १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।