पेट्रोलियम पदार्थको मुल्य वृद्धि

१३ कार्तिक, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलको सबिकको मुल्यमा प्रतिलिटर ३ रुपैयाँले बढेको छ। मूल्य वृद्धि सँगै काठमाडौ उपत्यकामा पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल/मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ कायम गरिएको छ ।

साथै, एलपी ग्याँसको मूल्य पनि प्रति सिलिण्डर ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।