एनएमबि लघुवित्तको लाभांश घोषणा, २१.५०% बोनस शेयर दिने

एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन ।