कानून व्यवसायीले आजदेखि सर्वोच्चमा बहस नगर्ने

कानून व्यवसायीहरुले आजदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूलाइ साथ दिँदै कानून व्यवसायीहरुले पनि बहस राेकेका हुन् । नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्वन्यायाधीशहरुले पनि राजीनामा माग गरेका छन् ।लगातार तीन दिनदेखि मुद्दाकाे सुनुवाइ हुन सकेकाे छैन ।

प्रधानन्यायाधीश जबरा कसैले राजीनामा माग्दैमा नदिने अडानमा छन् । आफूले राजीनामा दिनुपर्ने भए विवादमा परेका अन्य न्यायाधीशहरूलाई पनि तान्न खाेजेका छन् ।सरकारमा भाग खोजेको लगायतका आरोप लागेपछि प्रधानन्यायाधीश जबरा अहिले एक्लिएका छन् ।