आईसीसी T-20 विश्वकपमा अफगानिस्तानको विजयी सुरुआत

काठमाडौं । अफगानिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ ।

अफगानिस्तान शीर्ष स्थानमा रहेको छ ।