जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, बिहिबारबाट कारोबार हुने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले दोश्रो बजारमा कारोबारका लागि लघुवित्तलाई JBLB सिम्बोल प्रदान गरेको छ । कम्पनिले आ.ब. २०७६/७७ को प्रति शेयर नेट वर्थका आधारमा प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज पाएको छ, तसर्थ भोलि(बिहिबार) न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा भित्र पहिलो कारोबार हुनेछ।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो।