मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ असार २८ गते सोमबार बिहान ९ः३० बजे बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको हो । यसको प्री–अलोटमेन्ट शुक्रबार सम्पन्न भइसकेको छ ।

यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ७३.१० गुणा बढी आवेदन परेको हो ।

मनकामना स्मार्टले असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता मध्य ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।