ट्रफी जित्न म्यानचेस्टर सिटी जान चाहन्छुः ह्यारी केन

एजेन्सी। टोटेनहम स्टार ह्यारी केनले आफ्नो बाल्यावस्था क्लबलाई उनी समरमा म्यान्चेष्टर सिटी जान चाहेको बताएका छन् र म्यानचेस्टर शहरको चालले उनलाई ट्राफी जित्ने उत्तम अवसरको ग्यारेन्टी दिने विश्वास राखेका छन ।

२७ बर्षे स्पर्स लिजेन्डले क्लबमा आठ सिजन बिताउदै २०० भन्दा बढी गोल गरेका छन। उनले अध्यक्ष डानियल लेवीलाई भने कि उनी नयाँ चुनौतीका लागि तयार छन् र समर ट्रान्स्फरमा बेच्न चाहन्छन।

मिररका अनुसर केनको प्रिमियर लिग च्याम्पियन म्यान सिटी जाने सम्भावन रहेको छ । म्यान सिटीका लेजेन्ड स्टार स्ट्राइकर सर्जियो अगुइरो सिजनको अन्त्य संगै क्लब छाड्ने घोषणा गरिसकेको अवस्थामा सिटी नयाँ स्ट्राइकरको खोजिमा हुनेछ र ह्यारी केन सिटीका लागि उपयुक्त स्ट्राइकर हुनेछन।