प्रिमियर लिगः टोटेन्हम र लिभरपुलको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले एक एक गोल गरे । खेलको ४५ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटेनहमले ३६ खेलमा ५९ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक एक गोल गरे । वेस्ट ब्रुमका हाल रोबिन्सन कानुले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो । खेलको १५ औं मिनेटमा रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।तर, खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

ट्रेण्ड आर्नोल्डको कर्नर बलमा एलिसनले उत्कृष्ट हेड गोल गरेका थिए ।

यस जितसँगै लिभरपुलले ३६ खेलमा ६३ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।