आइपिएल क्रिकेटमा आज कोलकाता र पञ्जाब भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पञ्जाब किङ्स र कोलकाता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ।

पञ्जाब र कोलकाताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

आज पञ्जाब तेस्रो जित निकाल्ने योजनामा हुनेछ । पञ्जाबले ५ खेलमा ४ अंक जोडेको छ ।

पञ्जाब तालिका पाँचौं स्थानमा रहेको छ ।

कोलकाता भने दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

कोलकाता ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

पञ्जाब र कोलकाताबीचको पछिल्लो प्रतिस्पर्धामा कोलकाता हाबी देखिदै आएको छ ।

पछिल्लो पाँच भेटमा कोलकाताले ४ खेल जितेको छ ।

अघिल्लो सिजन भएको दुई भेटमा पञ्जाबले एक खेल जितेको थियो ।