लेष्टर सिटी संग पुर्व च्याम्पियन लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले पुर्व च्याम्पियन लिभरपुलमाथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा लेष्टर लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो । लेष्टरलाई जित दिलाउन ७ मिनेटको अन्तरमा जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, ७९ औं मिनेटमा जेम्सको गोलबाट लेष्टर खेलमा फर्कियो । खेलको ८१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा बर्नेसले गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।

जितसंगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टरले २४ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।