प्रिमियर लिगमा आज लिग लिडर म्यान्चेष्टर सिटी र टोटेन्ह्याम भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिग लिडर म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ । सिटीले घरेलु मैदानमा टोटेनहमसँग खेल्ने छ । सिटी र टोटेनहमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा टोटेनहमविरुद्ध मैदान उत्रदा सिटी सहज जित निकाल्ने लक्ष्यमा रहेको छ ।

अघिल्लो खेलमा लिभरपुललाई उसैको मैदानमा हराएपछि सिटी उच्च मनोबलमा समेत रहेको छ । सिटीले सबै खाले प्रतियोगितामा लगातार १५ खेल जित्दै किर्तिमान समेत बनाएको छ।

सिटी टोटेनहमलाई हराएर शीर्ष स्थानको अग्रता समेत थप फराकिलो बनाउन चाहन्छ । सिटी दोस्रो स्थानको युनाईटेड भन्दा ५ अंकले अघि रहेको छ ।

सिटीले २२ खेलमा ५० अंक जोडेको छ । टोटेनहम भने ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

टोटेनहम पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

त्यस्तै क्रिस्टल प्यालेसले बर्नलीसँग खेल्दा ब्राइटनले एस्टन भिल्लासँग खेल्नेछ ।