लुम्बिनी केबलकारको शिलान्यास सम्पन्न

१ फागुन , बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्।

लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग पुग्ने बताए।

उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने बताए ।

आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरा गर्ने बताए ।

उनले बुटवल ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने अपेक्षा व्यक्त गरे ।