चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं। चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत गरेको हो।

शेयर नेपाल स्टक एक्सचेञ्जमा माघ २५ आइतबारदेखि कारोबारमा आउने छ।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

कम्पनीको शेयर सूचीकरणको दोस्रो दिन अर्थात आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्नेछ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।