इएफएल कपको सेमिफाइनलमा युनाइटेड र सिटी भिड्दै

एजेन्सी । काराबाओ कप (इएफएल) फुटबलको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

ओल्ड ट्राफोर्डमा हुने म्यानचेस्टर डर्बी भिडन्त नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।

आजको सेमिफाइनल बिजेताले फाइनलमा उपाधिको लागि टोटेन्ह्यामको सामना गर्ने छ । गय राती भएको पहिलो सेमिफाइनलमा टोटेन्ह्यामले ब्रेन्टफोर्डलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।