साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो ।

सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो ।

ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो ।

लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।