प्रिमियर लिग अन्तर्गत आज ३ खेल हुदै

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राती १६ औ चरणको ३ खेल हुदैछन। लिगमा १६ औ चरणका खेलहरु संगै २०२० को समाप्ती हुनेछ।

आजको पहिलो खेलमा क्रिष्टल प्यालेसले लेष्टर सिटीको सामना गर्नेछ। खेल नेपाली समयानुसार अहिले साँझको ८ः४५ बजे क्रिष्टल प्यालेसको घरेलु मैदानमा हुनेछ। लेष्टर सिटी अजको खेलमा जित निकाल्दै पहिलो स्थानको लिभरपुलसंगको अंक दुरी कम गर्न चाहन्छ भने क्रिष्टल प्यालेस लगातारको हार बिर्साउदै लिगमा बिजय यात्रामा फर्कने दाउमा रहेको छ।

त्यस्तै, दोश्रो खेलमा चेल्सीले एस्टन भिल्लाको सामना गर्नेछ। नेपाली समय अनुसार राती ११ः१५ बजे हुने खेल चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा हुने छ। लिगको सुरुवाती चरणमा राम्रो प्रदर्शन गरेपनि अहिले केहि लय गुमाएको चेल्सी लिगको आठौँ स्थानमा झरेको छ भने एस्टन भिल्ला उत्कृष्ट प्रदर्शन गर्दै लिगको सतौँ स्थानमा रहेको छ।

आजै मध्यराती हुने अर्को खेलमा एभर्टनले म्यान्चेष्टर सिटीको आतिथ्य गर्ने छ। यो सिजन सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै सुरुवाती ५ खेल जितेको एभर्टन लिगको दोश्रो स्थानमा रहेको छ भने लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकेको सिटी लिगको छैटौँ स्थानमा रहेको छ।

आजको खेल दुबै टिमको लागि महत्वपुर्ण रहेको छ। एभर्टन आजको खेल जित्दै पहिलो स्थानको लिभरपुलसंग अंक बराबरी गराउन चाहन्छ भने उता सिटी आजको खेल जित्दै २०२० को समाप्तीमा शिर्ष ४ मा उक्लन चाहन्छ।