७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, ५ पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि सरकारका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज विहान बसेको मन्त्रिपरिषद् बैठकमा संसद् भंग गरि नयाँ जनादेशका लागि जाने निर्णय गरेका थिए । सरकारको प्रस्ताव राष्ट्रपतिबाट अनुमोदन भइसकेको छ भने नयाँ जनादेशका लागि आगामी बैशाख १७ र २७ गते चुनाव गर्ने मिति पनि घोषणा भइसकेको छ ।

प्रधानमन्त्रीको निर्णयको मन्त्रीपरिषद्मा प्रतिवाद गरेको मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुसाल, श्रममन्त्री रामेश्वर राय यादव, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुन, खानेपानी मन्त्री विना मगर, बनमन्त्री शक्ति बस्नेत र शिक्षामन्त्री गिरिराजमणी पोखरेल छन् ।