प्रभु लाइफको आइपीओमा पहिलो दिनमै ओइरिए लगानिकर्ता

काठमाडौं, २९ मंसिर। प्रभु लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै ८६ करोड ३२ लाख रुपैयाँ बराबरको आवेदन परको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा २ लाख ७६ हजार जनाले ८६ लाख ३२ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा १.५९ गुणा बढी आवेदन हो ।

प्रभु लाइफले आज सोमबार (मंसिर २९ गते) बाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।