सेञ्चुरी कमर्शियल बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं, २९ मंसिर। सेञ्चुरी कमर्शियल बैंक CCBL ले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकि रहेको बोनश रकम १६ करोड ८३ लाख रुपैयाँ सहित हुन आउने चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश गरी कुल ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।