साहस उर्जाले १अर्ब ५ करोड बराबरको आईपीओ निष्काशन गर्ने

काठमाण्डौ। साहस उर्जा लिमिटेडले सार्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकाे हाे ।

कम्पनीले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कान गर्ने तयारी गरेको छ। त्यस मध्ये ३५ करोड स्थानिय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रबाट स्वदेशी लगानीमा निर्माणाधिन नेपालकै हालसम्मको ठूलो परियोजना हो । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा बित्तीय संस्थाकाे ८.६५ अर्ब लगानीमा निर्माण हुदै छ । परियोजना निमार्णमा कुल लगात ११.८६ अर्ब लाग्ने अनुमान छ ।