सिटीलाई हराउँदै टोटनहम प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी । म्यानचेष्टर सिटीलाई पराजित गर्दै टोटनहम हट्सपर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनहमले सिटीलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै हेउन मिन सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा सिटीले बराबरी गोल फर्काए पनि भिएआरले त्यसलाई मान्यता दिएन । एमरिक लापोर्टोको गोलले मान्यता नपाउँदा सिटीले बराबरीको अवसर गुमायो ।

६५औं मिनेटमा जिओभानी लो सोल्सोले गोल गर्दै टोटमहमको अग्रता दोब्बर पारेका थिए । जितपछि ९ खेलबाट २० अंक जोड्दै टोटनहम शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १९ अंक रहेको चेल्सी दोस्रो स्थानमा छ । ८ खेलबाट १२अंक रहेको सिटी भने ११औं स्थानमा छ ।