अब सार्वजनिक यातायात चढ्न ‘फेस सिल्ड’ लगाउनुपर्ने

काठमाडौं, ०२ कार्तिक। काेराेना संक्रमण दैनिक रूपमा बढ्न थालेपछि सरकारले सार्वजनिक सवारी साधन चढ्ने यात्रुका लागि फेस सिल्ड अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरेकाे छ । तर त्यसकाे व्यवस्था यात्रु आफैंले गर्नुपर्नेछ ।

गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय सरकारले गरेपछि यात्रुहरु सबै सिटमा बस्न थालेसँगै जाेखिम बढ्न थालेकाे थियाे ।त्यसाे त अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ ।

भौतिक दूरी कायम हुन नसक्ने स्थितिमा फेस सिल्ड उपयुक्त हुने जनाइएकाे छ । विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यात्रुलाई आग्रह गरेको छ ।