प्रिमियर लिगः सिटी र युनाइटेडको जित, चेल्सी बराबरीमा रोकियो

एजेन्सी। इंग्लिश प्रिमियर लिगमा शनिवार राती सम्पन्न खेलहरुमा म्यान्चेष्टर सिटी र युनाइटेडले जित निकालेका छन भने चेल्सीले बराबरी खेलेको छ।

म्यान्चेष्टर सिटीले इतिहाद स्टेडियममा भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले पराजित गर्यो। सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरे । स्टर्लिङले खेलको २३ औं मिनेटमा गोल गरेका थिए।

शनिबार मध्यराती सम्पन्न भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि प्रभावशाली जित हात पारेको छ। उसले घरेलु मैदानमा न्युक्यासल युनाइटेडमाथि ४–१ को जित निकालेको हो।

युनाइटेडको जितमा कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३ औं मिनेट, ब्रुनो फर्नान्डेजले ८६ औं मिनेट, विन विसाकाले खेलको ९० औं तथा मार्कोस रास्फोर्डले खेलको ९४ औं मिनेटमा गोल गरेका थिए।

न्युक्यासल युनाइटेडको लागि लुक शले आत्मघाति गोलगरेका थिए ।

त्यस्तै शनिबार नै भएको खेलमा चेल्सी र साउथह्याम्प्टनले ३-३ गोलको बराबरी खेलेका छन।