ला लिगाः एकै दिन रियल म्याड्रिड र बार्सिलोनाको हार

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ।

शनिबार राति भएको खेलमा बार्सिलोना गेटाफेसंग १–० ले स्तब्ध बनेको हो । गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।

बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।

त्यस्तै साविक विजेता रियल मड्रिड पनि नव प्रवेशी क्लब क्याडिजसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।

रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे ।

खेलको १६ औं मिनेटमा लोजानोले गोल गर्दै क्याडिजलाई अग्रता दिलाएका थिए । ९० मिनेटसम्म थप गोल हुन नसकेपछि खेल क्याडिजले १-० ले जित्न सफल रह्यो।