मर्सिसाइड डर्बीमा एभरटन र लिभरपुलको बराबरी

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र लिग लिडर एभरटनले बराबरी खेलेका छन । शनिबार भएको मर्सिसाइड डर्बीमा लिभरपुल एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

एभर्टनको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ८१ औं मिनेटमा काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई पुन बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा लिभरपुलका जोर्डन हेन्डरसनले गरेको गोल भिएआरबाट अफसाइड देखिएपछि लिभरपुल मर्सिसाइड डर्बीमा जित निकाल्न असफल रहेको हो ।

यस्तै खेलको ९० औं मिनेटमा रिचार्लीसनले रातो कार्ड पाउँदा एभर्टन १० खेलाडीमा समेटिएको थियो ।

५ खेलपछि लिभरपुल १० अंक जोड्दै लिगको दोश्रो स्थानमा एक्लेको छ भने एभरटन समान ५ खेलबाट १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ।