सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुने

असोज २९, काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट असोज ३० गते शुक्रबार(भोलि) गर्ने तयारी भइरहेकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर भोलि बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गरेको हो।

इन्स्योरेन्सको आईपीओ भोलि बिहान साढे ८ बजे क्यापिटलकाे कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ।

इन्स्योरेन्सको प्रि एलटमेन्ट बिहीबार साँझ गरिएको थियो। प्रि एलटमेन्टको डाटा नेपाल धितोपत्र बोर्डमा पठाइएको र बोर्डबाट स्वीकृत भएमा भोलि बिहान बाँडफाँट गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरेको थियो।

यस अनुसार आवेदन दिएकामध्ये २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन भने ६१०६२४ जनाको हात खाली हुने निश्चित छ।