एप्पलको नयाँ सिरिजमा चारवटा आइफोन सार्वजनिक

एजेन्सी। एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन।

एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् ।

एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहेको छ । आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध छ ।

एप्पलले ल्याएको आइफोन १२ प्रो मा ६.१ इन्चको ओएलइडी डिस्प्ले रहेको छ भने आइफोन १२ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ । दुवै आइफोनमा ए१४ बायोनिक प्रोसेसर छ

त्यस्तै एप्पलले यस वर्षको सबैभन्दा सानो आकारको आइफोन १२ मिनी पनि लन्च गरेको छ । यसमा ५.४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन रहेको छ भने आइफोन १२ मिनीमा रहेको सिक्स कोर सिपियूले यो आइफोनलाई अन्य स्मार्टफोनभन्दा ५० प्रतिशत फास्ट बनाउने दाबी एप्पलले गरेको छ।

आइफोन १२ प्रो र प्रो म्याक्स १२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज गरी ३ वटा मोडेलमा उपलब्ध हुनेछन् । प्रो को सुरुवाती मूल्य ९९९ डलर र प्रो म्याक्सको सुरुआती मूल्य १०९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १२ को सूरुवाती मूल्य ७ सय ९९ डलर तथा आइफोन १२ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर तोकिएको छ ।