इंग्ल्यान्डसंग बेल्जियम स्तब्ध, रोमानियामाथि नर्वेको सान्दार जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई पराजित गरेको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक एक गोल गरे । बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए ।

त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा नर्वेले रोमानियालाई पराजित गर्यो। इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक गरेको खेलमा नर्वेले रोमानियाविरुद्ध शानदार जित हात पारेको हो ।

बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५ औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए ।

जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको १० मिनेटपछि उनले ह्याट्रिक पुरा गरेका थिए ।