शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री पोखरेल अहिले पनि अस्पतालको आइसोलेसनमा छन् ।