उपत्यकामा १,६८४ सहित देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौँ, २१ असोज। नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११२६ जना संक्रमणमुक्त भएका छन् ।देशभर २५ हजार ७ संक्रिय संक्रमित छ ।

यस्तै काठमाडौं उपत्यकामा १,६८४जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५१८ महिला र ७७८ पुरुष गरि १२९६ जना, भक्तपुरमा ४३ महिला र ५२ पुरुष गरि ९५ जना र ललितपुरमा १३० महिला र १६३ पुरुष गरि २९३ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

त्यस्तै बुधबार ११२६ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ५जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस्तै बुधबार १५ जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ७८ पुगेकाे छ ।