च्याम्पियन लिभरपुलमाथि एस्टनभिल्लको सान्दार जित

एजेन्सी। गत सिजनको प्रिमियर लिग च्याम्पियन लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ।

भिल्ला पार्कमा भएको खेलमा भिल्लाले ७-२ को उत्कृष्ट जित हात पारेको हो। घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे। यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए ।

खेलको चौंथो मिनेटमा वाटकिन्सको गोलबाट एस्टनले अग्रता लिएको थियो । २२ औं मिनेटमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।

खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अवस्थामा ल्याए । ३५ औं मिनेटमा म्याकजिनले गोल गरेपछि एस्टनको अग्रता ३-१ को बन्यो।

खेलको ३९ औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा एस्टन ४-१ ले अघि रह्यो ।

५५ औं मिनेटमा बार्क्लीले गोल गर्दै एस्टनलाई ५-१ को अग्रता दिलाए । ६० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५-२ को अवस्थामा ल्याए ।

खेलको ६६औं मिनेटमा ग्रेयलिसले गोल गरेपछि एस्टनले ६-२ को अग्रता बनायो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ७-२ को सानदार जित दिलाए ।