उपत्यकामा ११७७ सहित २४ घण्टामा थप २१२० जनामा संक्रमण पुष्टि

काठमाडौँ, १७ असोज।पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ । यस्तै गएको २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।